Tuesday, 25 Aug 2026
Advertisement catagory and news top  both

५५ ब्रान्ड र ४४ नयाँ मोडलसहित NAIMA को दोस्रो मोबिलिटी एक्स्पो सुरु

S
System Admin Thursday, 13 Aug 2026 | 39

Featured Video

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को दोस्रो मोबिलिटी एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। १६ अगस्टसम्म सञ्चालन हुने एक्स्पोमा नेपालका अटोमोबाइल क्षेत्रका ५५ ब्रान्ड सहभागी छन्।

गत वर्ष ४२ ब्रान्ड सहभागी रहेको एक्स्पोको दोस्रो संस्करणमा यसपटक ५५ ब्रान्डको सहभागिता रहेको NAIMA अध्यक्ष ऋतु सिंह वैद्यले बताइन्। एक्स्पोमा विभिन्न सेग्मेन्टका यात्रुवाहक सवारीसाधनसँगै ४४ वटा नयाँ सवारीसाधन तथा नयाँ मोडल सार्वजनिक गरिएका छन्।

एक्स्पोमा ‘A’,‘B’ र ‘C’ सेग्मेन्टदेखि प्रिमियम कारसम्मका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। साथै, चार्जिङ पूर्वाधारसम्बन्धी दुई कम्पनी, ट्राफिक प्रहरीको एप, बैंक, बीमा तथा रेस्टुरेन्ट साझेदारको समेत सहभागिता रहेको छ।

About the author

S

System Admin

This author has not added a bio yet.

Comments (0)

Be the first to comment!

Leave a Reply

Your comment will be reviewed by an admin before being published.